संवेदनशील सूचना चुहाएको आरोप लागेका सशस्त्र प्रहरी बलका एआईजी दाहाल बर्खास्त


काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई बर्खास्त गरेको छ । असोज १९ गते निबलम्बनका परेका दाहाललाई बर्खास्त गरेको गृह मन्त्रालयले जनाएको छ ।

छानबिन समितिले दाहाललाई बर्खास्त गर्न सिफारिस गरेको थियो । त्यसकै आधारमा बर्खास्त गरिएको गृह मन्त्रालयले जनाएको छ । एआईजी दाहालले इनम सापकोटाको ह्वाट्सएपमा प्रधानमन्त्री बालेन साहको बारेमा सूचना दिएको खुलेको छ ।