कांग्रेस महाधिवेशनः ७ हजार ३९ प्रतिनिधिले गरे मतदान


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुल ७ हजार ३१७ मतदातामध्ये ७ हजार ३९ जना महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन्।

कुल मतदातामध्ये करिब ९६.२० प्रतिशत प्रतिनिधिले मतदान गरेका छन्। कुल मतदातामध्ये २७८ जनाले मतदान नगरेको देखिन्छ । महाधिवेशनमा प्रतिनिधिहरूको उल्लेख्य सहभागिताले पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासमा प्रतिनिधिहरूको सक्रियता झल्काएको छ।