एसियाडमा चीनको वर्चस्व



आयोजक राष्ट्र चीनले सोमबार पनि एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ । हालसम्म ६० वटा पदक जितेर चीनले आफ्नो अपराजित यात्रालाई जारी राखेको छ ।

पछिल्लो पदक तालिकाअनुसार चीनले पौडीमा ९, साइक्लिङमा २, जिम्न्यास्टिकमा १, रोइङमा ११, मोडर्न पेन्टल्थुनमा २, सुटिङमा ५, उसुमा ३ र स्केट बुर्डिङमा १ गरी ३४ स्वर्णसहित ६० वटा पदक हात पारेको छ ।

पदक तालिकामा दोस्रो स्थानमा रहेको कोरियाले ८ स्वर्ण, ८ रजत र ११ वटा कास्य पदक जितेको छभने दक्षिण कोरियालाई पछ्याउँदै जापानले ५ स्वर्ण, १२ रजत र ११ वटा कास्य पदकमा आफ्नो कब्जा जमाएर तेस्रो स्थान सुरक्षित गरेको छ ।

उज्वेकिस्तानले ४ स्वर्ण, चार रजत र ४ कास्यमा चित्त बुझाएको छभने ३ स्वर्ण, ४ रजत र ७ कास्यसहित पदक तालिकामा पाँचौ स्थानमा रहेको छ । सुटिङ र क्रिकेटमा २ स्वर्ण पदक हासिल गरेको भारतले ३ वटा रजत र ६ वटा कास्य पदक प्राप्त गरेर छैटौँ स्थानमा आफूलाई समेटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राखेप सदस्य–सचिव र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ र यहाँस्थित चिनियाँ

एलपिएल क्रिकेटमा धनगढी क्रिकेट एकेडेमीको विजयी सुरुवात

सुदूरपश्चिम ।  धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट

नेपाल सुपर लिगमा काठमाडौं र झापाले अंक बाँडे

काठमाडौं । काठमाडौं रेजर्स काठमाडौंमा जारी नेपाल सुपर लिग एनएसएलमा बराबरीमा रोकिएको छ

सातौं दक्षिण एसियाली करातेमा नेपाललाई २९ स्वर्ण

काठमाडौं । नेपालले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा २९ स्वर्ण पदक जित्दै च्याम्पियन