महिला फुटबलमा जापानले हान्यो नेपाललाई आठ गोल
काठमाडौं । १९ औँ एसियाली खेलकुदको महिला फुटबलमा नेपाली महिला राष्ट्रिय टोली जापानसँग फराकिलो अन्तरले पराजित भएको छ । बेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा सोमबार भएको समूह ’डी’ को खेलमा नेपाल जापानसँग ८–० गोलले पराजित भएको हो । पहिलो हाफमा ५ गोल गरेको जापानले दोस्रो हाफमा ३ गोल थपेको थियो ।
जापानका लागि ओसावा हरुकाले २ तथा शिओकोशी युजुहो, यामामोतो युजुकी, युइनो मामी, वाकिसाका रेना, साकाकिबारा कोटोनो र हिजिकाता मायाले १÷१ गोल गरे । नेपालले समूह चरणको अन्तिम खेलमा बिहीबार बङ्गलादेशसँग खेल्नेछ । यसअघि शुत्रबवार भएको पहिलो खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित भएको थियो ।