माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल यू–१९ साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ । सोमबार दशरथ रङ्गशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलले हराएको हो । नेपालका लागि समिर तामाङले २ तथा प्रशान्त लक्सम र निराजन धामीले १/१ गोल गरे । यो समूहबाट यसअघि नै पाकिस्तानले विजेताको रूपमा अन्तिम चारको यात्रा तय गरिसकेको छ ।
नेपालले अब फाइनल प्रवेशका लागि समूह ‘बी’ को विजेतासँग खेल्नेछ । आजै हुने भारत र भुटानबीचको खेलबाट समूह ‘बी’ को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।