क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडमा



पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन् । युनाइटेडले रोनाल्डोसँग सम्झौता भएको पुष्टि गरेको छ । रोनाल्डो युनाइटेडमा १२ वर्षपछि फर्किएका हुन्।

इटालियन क्लब युभेन्ट्सबाट उनी अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीमा जाने चर्चा रहे पनि युनाइटेडले अन्तिममा बाजी मारेको हो । यसअघि उनी तीन वर्षअघि युभेन्ट्समा आबद्ध भएका थिए। उनी स्पेनिस फुटबल क्लब रियल म्याड्रिडबाट उनी ९९.२ मिलियन पाउन्डमा युभेन्ट्समा आबद्ध भएका थिए ।

त्यतिबेला उनले चार वर्षका लागि सम्झौता गरेका थिए । युभेन्ट्समा सन् २०१८ देखि ९८ खेल खेल्दा ८१ गोल गरेका थिए। तीन सिजनमा उनले दुई पटक इटालियन सिरि ए जिते । रियल म्याड्रिडमा रोनाल्डोले ९ सिजन बिताएका थिए।

त्यस क्रममा उनले रियललाई चार पटक च्याम्पियन्स लिगको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले करिअरको सुरुवात पोर्चुगिज क्लब स्पोर्टिङबाट सन् २००२ मा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय

वीर गणेशमान सिंह क्रिकेटमा गण्डकी विजयी

  काठमाडौँ  ।  गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई