पद छाड्ने फुटबल प्रशिक्षक अलमुताइरीको संकेत



काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्षबीचको विवाद समाधानका लागि गठित छानबिन समितिले बुधबार राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई प्रतिवेदन बुझाएको छ ।

दुई सातापछि समितिले प्रतिवेदन राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाएको हो । समितिकी प्रवक्ता सुवर्ण केशरी श्रेष्ठले ८२ पृष्ठ लामो प्रतिवेदनबाट निस्केको ११ बुँदे निचोड सार्वजनिक गरेकी हुन् ।

समितिले सार्वजनिक गरेको निष्कर्षमा अखिल नेपाल फुटबल संघ, एसियाली फुटबल महासंघ फिफाको नियम अनुसार चल्न नसकेको, आफ्नो समस्या आफै समाधान गर्नु पर्ने तथा प्रशिक्षकले व्यक्तिगत बानी बेहोरामा सुधार गर्नुपर्ने औंल्याइएको छ । प्रतिवेदन बुझेपछि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सिलवालले प्रतिवेदन अध्ययन गरेर एन्फालाई कार्यान्वयन गर्न निर्देशन दिने बताए ।

उनले विवाद समाधान गर्न दुबै पक्षसँग छुट्टा छुट्टै पहल भए पनि समाधान हुन नसकेको बताए । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुमताइरीले वरिष्ठ उपाध्यक्षलाई कारण देखाउँदै पदबाट राजीनामा दिने घोषणा पछि एन्फा विवाद बाहिर आएको थियो । जसलाई समाधान गर्न एन्फाले तेस्रो पक्ष युवा तथा खेलकुद मन्त्रालयलाई जिम्मा लगाएको थियो ।

सोही अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले राष्ट्रिय खेलकुद परिषदलाई छानविन समिति गठन गरेर एक साता भित्र प्रतिविदेन बुझाउन निर्देशन दिएका थिए । पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा बनेको छनोट समितिले १४ दिनमा बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो ।

यसैबीच, नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरीले प्रशिक्षक पद छाड्ने संकेत गरेका छन् । फुटबल विवादका बारेमा छानबिन समितिले बुधबार प्रतिवेदन बुझाएसँगै अलमुताइरीले नेपाल छाड्ने संकेत गरेका हुन् । वरिष्ठ उपाध्यक्ष पङ्कज नेम्वाङसँगको विवादको प्रतिवेदन सार्वजनिक भएसँगै अलमुताइरीको यस्तो भनाई आएको हो । उनले सामाजिक संजालमा लेखेका छन्,‘आइएम आउट लेट पोलिटिक्स वर्क।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय

वीर गणेशमान सिंह क्रिकेटमा गण्डकी विजयी

  काठमाडौँ  ।  गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई

रङ्गशाला निर्माण सम्झौता भङ्ग गर्ने राखेपको निर्णयप्रति जनकपुरधाम उपमहानगरको विरोध

जनकपुरधाम ।  धनुषाको जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय रङ्गशाला निर्माणका लागि जग्गा बहालसम्बन्धी सम्झौता