कोपा अमेरिका फुटबलमा पेरुको जित
कोपा अमेरिका २०२१ मा पेरूले पहिलो जित हात पारेको छ। सोमबार विहान सकिएको खेलमा पेरूले कोलम्बियालाई २-१ गोलले पराजित गरेको हो। खेलको १७ मिनेटमा पेनाको गोलबाट पेरूले अग्रता लिएको थियो।
५३ मिनेटमा कोलम्बियाले बराबरी गोल फर्काउन सफल भयो। उसका लागि बोर्जाले पेनाल्टीमा गोल गरे। बोर्जालाई पेरूका पेड्रो गालिसेले फल गरेपछि कोलम्बियाले पेनाल्टी पाएको थियो।
६४ मिनेटमा पेरूले खेलमा दोस्रो पटक अग्रता लियो। पेरूका गुम्तोभोको कर्नरलाई रोक्ने क्रममा कोलम्बियाका येरी मिनाले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए।