युरो कपमा म्यासेडोनियामाथि अस्ट्रियाको सहज जित



युरो कप फुटबलमा अस्ट्रियाले सहज जित निकालेको छ।

आइतबार राति रोमानियाको बुकारेस्टमा भएको खेलमा अस्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको हो। यो अस्ट्रियाको युरो कपमा पहिलो जित हो।

यसअघि सन् २००८ र २०१६ मा युरो कप खेले पनि अस्ट्रिया जितबिहीन थियो। यता, म्यासेडोनियाको भने यो युरो कपमा पहिलो खेल हो।

अस्ट्रियालाई पहिलो जित दिलाउने क्रममा स्टेफान लेनर, माइकल ग्रेगोरिट्स र मार्को आर्नोटोभिचले गोल गरे भने म्यासेडोनियाका गोरान पान्डेभले गोल गरे।

१८औं मिनेटमा स्टेफानले गोल गर्दै अष्ट्रियालाई सुरुआती अग्रता दिलाए। उनले मार्सल साबिट्जरको पासमा गोल गरेका थिए। तर, २८ औं मिनेटमा पान्डेभले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो। दोस्रो हाफमा अस्ट्रियाले उत्कृष्ट खेल खेल्यो र २ गोल थप्यो।

७८औं मिनेटमा ग्रेगोरिट्सले गोल गर्दै अस्ट्रियालाई २–१ को अग्रता दिलाए। ९०औं मिनेटमा आर्नोटोभिचले गोल गर्दै अष्ट्रियालाई ३–१ को जित दिलाए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपः एमेच्योर सद्भाव शीर्षस्थानमा, भुवन एक स्ट्रोकले पछाडि

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताः भूपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौँ । नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका