युरोकपमा बेल्जियमको विजयी शुरुवात



स्ट्राइकर रोमेलु लुकाकोको दुई गोलको मद्दतमा बेल्जियमले युरोकपमा विजयी शुरुवात गरेको छ । शनिबार राति भएको खेलमा फिफा वरियताको शीर्ष स्थानमा रहेको बेल्जियमले रसियालाई ३-० गोलले पराजित गरेको हो ।

सेन्ट पिटर्सबर्गमा भएको खेलमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गर्दा थोमस मुनिएरले एक गोल गरे । पहिलो हाफको दसौं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई शुरुवाती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा थोमस मुनिएरले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर बनाए ।

यस्तै ८८ औं मिनेटमा मुनिएरको पासमा लुकाकुले गोल गर्दै बेल्जियमलाई ३-० गोलको शानदार जित दिलाए । जितसँगै बेल्जियम १ खेलबाट ३ अङ्क जोड्दै शिर्ष स्थानमा रहेको छ । समान अङ्क जोडेको फिनल्यान्ड दोस्रो स्थानामा छ । शनिबार रातिनै भएको खेलमा फिनल्यान्डले बेल्जियमलाई १-० गोलले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।