मैत्रीपुर्ण फुटबलमा फ्रान्सको सानदार जित,स्पेन,सेनेगल र चेक रिपब्लिक पनि विजयी



अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबल खेलमा स्पेन, फ्रान्स, चेक रिपब्लिक र सेनेगल विजयी भएका छन् । गएरातीका थप ४ खेल भने बराबरीमा सएिका छन् ।

युरोकपको तयारीमा रहेको स्पेनले लिथुनियामाथि ४–० को शानदार जित निकाल्यो । गएराति भएको खेलमा स्पेनलाई जिताउन ह्युगो गुइलामोन, ब्राहिम डियाज, जुआन मिरान्डार र जाभी पाउडोले एक एक गोल गरे । घरेलु मैदानमा स्पेनले खेलको तेस्रो मिनेटमा गुइलामोनले गोलबाट अग्रता लिएको थियो ।

२४औँ मिनेटमा डियाजले गोल गर्दै पहिलो हाफमै घरेलु टोलीलाई २–० को अवस्थामा पुर्याए । ५३औँ मिनेटमा मिरान्डाले तथा ७२औँ मिनेटमा पाउडोले गोल गरेपछि स्पेन सहजै विजयी बन्यो । स्पेनले १५ जुनमा स्विडेनसँग खेल्दै युरो कपको थालनी गर्नेछ । लिथुनिया भने विश्वकप छनोटको तयारीमा छ ।

गएरातीनै फ्रान्सले बुल्गेरियालाई ३–० ले हरायो । घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जिताउन ओलिभर जिराउडले २ तथा एन्टोनियो ग्रीजम्यानले एक गोल गरे । २९औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । ८३औँ र ९०औँ मिनेटमा जिराउडले गोल गर्दै फ्रान्सलाई ३–० को सहज जित दिलाए । चेक रिपब्लिकले अल्बानियालाई ३–१ ले स्तब्ध पार्दा सेनेगलले केप भर्डीबिरुद्ध २–० को जित दर्ता गर्यो ।

अन्य खेलहरुमा गीनीले कोसोभोलाई २–१ ले तथा मोरक्कोले घानालाई १–० ले स्तब्ध पारे । गएरातीका ४ खेल भने बराबरीमा टुंगीएका छन् । हंगेरी र आयरल्याण्डले तथा क्यामरुन र नाईजेरियाले गोलरहित बराबरीको नतिजा निकाल्दा पोल्याण्ड र आईसल्याण्ड तथा बेनिन र जाम्बियाले २–२ गोलको बराबरीको नतिजा हात पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

काठमाडौँ । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित

एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको