शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने



काठमाडौं । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यती समूहका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा आगामी फागुन २१ र २२ गते गल्फ प्रतियोगिता हुने भएको छ ।

यती एयरलायन्सको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्टमा दुईदिने प्रतियोगिता हुन लागेको हो । यती समूहका संस्थापक एवम् वरिष्ठ पर्यटन व्यवसायी स्व शेर्पाको दोस्रोे स्मृतिमा हुन लागेको प्रतियोगितामा देशभरका १५० खेलाडीले भाग लिने एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

“पर्यटन व्यवसायी स्व शेर्पाले नेपालमा गल्फमार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौँ”, प्रवक्ता बर्तौैलाले भने । यती एअरलाइन्सले आगामी वर्षमा उक्त प्रतियोगितालाई थप बृहत् र व्यवस्थित बनाउँदै नेपालको सुदरपश्चिमदेखि पूर्वसम्मका ऐतिहासिक एवं पर्यटकीयस्थलमा प्रतियोगिता गर्दै लैजाने योजना लिएको छ ।

प्रतियोगितामा रजिष्टेशन शुल्कमार्फत सङ्कलन भएको रकम सोही समयमै गैरनाफामुखी एवं समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने एयरलायन्सले घोषणा गरेको छ ।

प्रतियोगितामा विजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिलातर्फको विजेता र रनरअप, भेट्रान तर्फका बिजेता, जुनियरतर्फका विजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै पाँच लाख धनराशी बराबरको ट्राभल प्याकेज जित्नेछ ।

अन्य विजेताले यती गु्रपकै सञ्चालमा रहेका कम्पनी तथा रिसोर्टले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन् । यती समूहका प्रबन्ध निर्देशक शेर्पाको २०७५ फागुन १५ मा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पौडी सङ्घद्वारा पलेशालाई सम्मान

काठमाडौँ । नेपाल पौडी सङ्घले पेरिस पारा ओलम्पिक–२०२४ मा ऐतिहासिक कास्य पदक विजेता

नेपाली कांग्रेसद्वारा पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा सम्मानित

  काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पेरिस पारा ओलम्पिक–२०२४ की ऐतिहासिक कास्य

भारतका रणधीर सिंह एसियाली ओलम्पिकको प्रमुखमा निर्वाचित

भारतका दिग्गज खेल प्रशासक रणधीर सिंह आइतबार नयाँदिल्लीमा ओलम्पिक काउन्सिल अफ एसियाको अध्यक्षमा

संविधान सभाध्यक्ष नेम्वाङको स्मृतिमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

कास्की । संविधानसभा अध्यक्ष स्व सुवासचन्द्र नेम्वाङको स्मृतिमा पोखरामा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको