स्पेनिस लिग फुटबलमा रियाल मड्रिड शीर्ष स्थानमा



स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले शीर्ष स्थानको पकड बलियो पारेको छ । गएराति भएको खेलमा पुछारको क्लब इस्पानियोलमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै रियाल मड्रिड शीर्ष स्थानमा फर्किएको हो । अवे मैदानमा निकालेको यो जितसँगै रियाल मड्रिडले दोस्रो स्थानमा झरेको बार्सिलोनासँग २ अंकको दुरी कायम गरेको छ ।

इस्पानियोलविरुद्धको खेलमा रियाल मड्रिडलाई विजयी गराउन ब्राजिलियन खेलाडी कासेमिरोले निर्णायक गोल गरे । जितपछि रियाल मड्रिडको ३२ खेलबाट ७१ अंक भएको छ । दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट ६९ अंक छ । लिगमा ६ खेल मात्रै बाँकी रहेको अवस्थामा रियाल मड्रिडले सदाबहार प्रतिद्धन्दी बार्सिलोनासँग महत्वपूर्ण अग्रता लिएको छ । रियाल मड्रिड सन् २०१२ यता पहिलो पटक ला लिगाको उपाधि खोजीरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय

एनआरटीसँग विभागीय टोली एपिएफ पराजित

काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१८ युथ फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले