म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश



नरिच सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनल खेलमा म्यान्चेस्टर युनाईटेडले नरिचलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्यो ।

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा कप्तान ह्यारी मग्वायरले एक गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए । यसअघि निर्धारित समयमा म्यान्चेस्टर युनाईटेडका ओडन इघालो र नरिच सिटीका कान्टवेलले एक एक गोल गरेका थिए ।

खेलको ८९ औं मिनेटमा टिम क्लोसले रातो कार्ड पाएपछि नरिच १० खेलाडीमा समेटिएको थियो । जितसँगै म्यान्चेस्टर युनाइटेड कीर्तिमानी ३० औं पटक एफ.ए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय