रियाल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा



स्पेनिस लिग फुटबलमा रियाल सोसीडाडलाई पराजित गर्दै रियाल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा रियाल मड्रिडले सोसीडाडलाई २–१ ले हराएको हो । जिनेदिन जिदानको टोली रियाल मड्रिडलाई विजयी गराउन सर्जियो रामोस र करिम बेन्जमाले एक एक गोल गरे ।

सोसिडाडका लागि मेरिनोले एक गोल फर्काए । गएरातीको खेलमा गोल गरेसँगै फ्रेन्च स्ट्राइकर बेन्जमा स्पेनिस ला लिगामा सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचिमा चौथो स्थानमा उक्लिएका छन् ।

उनले अहिलेसम्म क्लबका लिगमा १ सय ६५ गोल गरेका छन् । जितसँगै रियाल मड्रिड ला लिगामा ३० खेलबाट ६५ अंक जोड्दै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

समान खेलबाट समान ३० अंक जोडेको बार्सिलोना हेड टु हेडको आधारमा दोस्रो स्थानमा झरेको छ । लिगका अब ८ चरणका खेल हुन बाँकी छ ।

ला लिगाअन्तर्गत गएराति भएका अन्य खेलहरुमा सेल्टा भिगोले एआाभेजलाई ६–० ले तथा भ्यालेन्सियाले ओसासुनालाई २–० ले हराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय