जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखलाई



काठमाडौं । जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखले जितेको छ । लगातार आठौं पटक उपाधि जित्ने क्रममा बायर्नले गएराति वेडर ब्रेमेनलाई १–० ले हराएको हो । ब्रेमेनको मैदानमा भएको खेलमा १० खेलाडीमा झरेको बायर्नका लागि रोबेर्ट लेवान्डोस्कीको निर्णायक गोल गरे ।
यता ब्रेमेनलाई भने गएरातिको हारले रेलिगेसनमा पर्ने खतरा झनै बढेको छ । बार्यनको ३२ खेलमा ७६ अंक छ भने दोस्रो स्थानका डर्टमण्डको ३१ खेलमा ६६ अंक छ । १८ टोली सहभागी जर्मन लिगमा एक टोलीले सिजनमा ३४ खेल खेल्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय