एन्फा अध्यक्षले राजीनामा दिनुको कुनै विकल्प छैनः गणेश थापा



गणेश थापा, पूर्वअध्यक्ष, एन्फा ।
राजीनामाको कुनै विकल्प छैन एन्फा अध्यक्ष ज्यू ।
मधेशी आयोगमा गएर आफ्नो गल्ती स्वीकार्दै लिखितरुपमा क्षमायाचना माग्दै आत्मआलोचना गरेपछि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाइ फिफा र एन्फाको विधान अनुसार कारबाही गर्न थप प्रमाण प्राप्त भएको छ । उहाँले स्वयम् आफ्नो गल्ती स्वीकार गर्नु भएको छ । केही दिनअघिसम्म मैले बोलेकै छैन ।

मेरो बारेमा कुप्रचार भयो र फुटबल विकास नचाहनेहरुले गरेको हल्ला मात्र हो भन्नु भएको थियो । फिफा र एन्फाको विधानमा माफी मागेर माफी दिने व्यवस्था छैन । यदि कर्मा छिरिङ शेर्पालाई माफी दिने हो भने भोलिदेखि सबैले आत्माआलोचना गर्दै माफी माग्नेछन् । फिफा र एन्फाले सबैलाई माफी दिदै जाने हो भने फिफा तथा एन्फाको विधानको औचित्य समाप्त हुन्छ । ललितपुर जिल्ला फुटबल संघका अध्यक्षले माफी माग्दा पनि अवैधानिक तरिकाले एन्फाले कारबाही गरेको छ । एन्फा अध्यक्षलाई माफी मागेकै भरमा माफी दिन मिल्ला त ? बिधान त सबैको लागि बराबर हुन्छ होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय