एन्फासँग घुस लिएको पुष्टि गर्न खेलकुद मन्त्रीको चुनौति



काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले अखिल नेपाल फुटबल संघ (एन्फा)बाट एक रुपैयाँ नलगेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयमाथिसांसदले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री विश्वकर्माले मन्त्री विश्वकर्माले आफुमाथि लगाईएको आरोप पुष्टि गर्न सम्बन्धित सांसदलाई चुनौती दिए ।

बैठकमा बिनियोजित बजेटमाथिको छलफलमा भाग लिदै सांसद प्रदीप यादवले एन्फाले खेलुकद मन्त्रीलाई माया गरेर १७ करोड रुपैयाँ दिएको आरोप लगाएका थिए ।

मन्त्री विश्वकर्माले आफूमाथि लगाएको आरोप गम्भीर भएको भन्दै संसदको रेकर्डबाट सो अभिव्यक्ति हटाउन माग गरे । उनले निष्ठा र कर्तब्यका साथ मन्त्रालयको जिम्मेवारी सम्हालिएको दाबी गर्दै आफूलाई एन्फाले मात्र नभएर सम्पूर्ण खेलकुद क्षेत्रले माया गर्ने गरेको उल्लेख गरे । उनले यस बर्ष खेलकुद क्षेत्रमा कुल बजेटको ०.१६ प्रतिशत बजेट विनियोजन भएकाले नयाँ काम भन्दा पनि पुरानै र अत्यवाश्यक कामका लागि मात्रै खर्च हुने बताए ।

पूर्वाधार निर्माणको कामसँगै खेलाडीको सुरक्षा लगाएतका कुरा सरकारको जिम्मामा रहेको पनि मन्त्री विश्वकर्माले बताए । वीरगञ्जको नारायणी रंगशाला सरकारले निर्माण गर्ने बताउँदै उनले नेपालगञ्ज र इटहरीको रंगशाला प्रदेशस्तरीय रंगशालाको रुपमा रुपान्तरण गर्न लागि परेको जानकारी दिए । त्यस्तै उनले युवा लक्षित कार्यक्रमहरुलाई निरन्रता दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकेश बमको आक्रामक शतक जितका लागि अपर्याप्त, आयरल्याण्ड ए सँग नेपाल पराजित

काठमाडौं । लोकेश बमको कीर्तिमानी शतकमा आयरल्यान्ड ए विरुद्धको पहिलो खेलमा नेपाल ए

आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप