कुनै पद प्राप्ति र व्यक्तिगत स्वार्थको निमित्तको लडाईं होइन :गणेश थापा
गणेश थापा, पूर्वअध्यक्ष, एन्फा
भ्रष्टाचारको मुद्दा लगाएर ६० करोड खेलाडी कोषमा जम्मा गर्छु भन्नु भएको थियो । गोल प्रोजेक्टको १९ करोड । यस्ता हावादारी कुराहरु गरेर मेरो चरित्र हत्या गर्नुभयो । अब तपाईंले यसको जवाफ दिनु पर्दछ । बदमासी भएको भए म कारबाहीको निमित्त तयार छु । होइन भने तपाईंले सार्वजनिकमा माफी माग्नु पर्दछ । अब कुनै बहानामा म आफ्नो अभियानबाट पछाडि हट्नेवाला छैन । यो लडाईं सत्य र असत्यको बीचमा छ । कुनै पद प्राप्ति र व्यक्तिगत स्वार्थको निमित्तको लडाईं होइन ।
गोल प्रोजेक्टको कुनै अडिट गरिएन भन्ने बारेमा अडिट गर्नुपर्छ कि पर्दैन फिफामा सोध्नुहोला अध्यक्ष ज्यूले । तपाईंहरुले फिफामा उजुरी गरेको आधारमा फिफाले आफ्नो टोली पठाएर गोल प्रोजेक्ट लगायत फिफाले पठाएको सम्पूर्ण रकमको छानबिन गरेको जानकारी गराउँदछु । त्यस छानबिनमा कुनै अनियमितता भएको नपाएको पनि जानकारी गराउँदछु । यसबारेमा फिफासँग बुझ्न सक्नुहुन्छ । जुन रकम सिधै फिफाले ठेकेदारको खातामा पैसा जान्छ । कसरी एन्फाले अडिट गर्न सक्छ ।