बलात्कार मुद्दामा मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज दोषी ठहर


काठमाडौँ । मधेसका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

उनको सजाय निर्धारण भने अर्को पेसीमा हुने अदालतले जनाएको छ । बलात्कार आरोपमा अहिराज गत साउन ४ गते पक्राउ परेका थिए । अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए।