एशियाली फुटबल सङ्घद्वारा खेल स्थगित



काठमाडौं । एशियाली फुटबल सङ्घ (एएफसी)ले आगामी दुई महिनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगन गरेको छ । मलेशियाको राजधानी क्वालालम्पुरमा मुख्यालय रहेको एएफसीले अर्को सूचना नभएसम्मका लागि कुनै पनि प्रतियोगिता सञ्चालन नगर्ने जनाएको हो ।

यसअघि मे र जुन महिनाका लागि विभन्न प्रतियोगिता सञ्चालन गर्न एएफसीले तालिका सार्वजनिक गरेको थियो । विभिन्न देशले कोरोना भाइरसविरुद्ध लड्नु परिरहेको भन्दै प्रतियोगिता स्थगनको निर्णय लिनुपरेको एएफसीले जनाएको छ ।

सन् २०२० मा हुने भनिएको एएफसी च्याम्पियन लिग र एएफसी कप ग्रुप स्टेज प्रतियोगिता पूरा गर्नेबारे सहभागी देश तथा सङ्घसित समन्वय गरी विकल्प खोज्ने एएफसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इंग्लीश प्रिमियरमा म्यान्चेस्टर,आर्सनल, वेष्ट ह्याम र न्यूकासल विजयी

इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड, आर्सनल, वेष्ट ह्याम युनाईटेड र न्यूकासल

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा जगत टमाटा नियुक्त

काठमाडौँ । नेपाल क्रिकेट संघ(क्यान)ले महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक जगत टमटालाई

प्रिमियर लिगमा चेल्सीको फराकिलो जित

इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीलाई लिड्स युनाईटेडले २–१ ले हराएको

स्पेनिस लिगमा बार्सिलोनालाई हराउँदै मड्रिड शीर्ष स्थानमा

स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले बार्सिलोनालाई २–१ ले हराएको छ । आफ्नै मैदानमा