शहीद स्मारक लिगः मनाङ मस्र्याङ्दीद्वारा पुलिस क्लब पराजित



काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा मनाङका लागि विमल राना र अञ्जन विष्टले गोल गरेका थिए । दुवै गोल पहिलो हाफमा भएको थियो । खेलको ३२औँ मिनेटमा विमलले पहिलो गल गरे । उनले आदित्य चौधरीले दिएको पासमा गोल गरेका थिए । खेलको ४३औँ मिनेटमा अञ्जनले गोल गरेका थिए ।

उनले निशान लिम्बुको पासमा गोल गरेका हुन् । खेलको ९०औँ मिनेटमा विशाल बस्नेतले रातो कार्ड पाए पछि पुलिस क्लब १० खेलाडीमा सीमित भएको थियो । खेलको म्यान अफ दी म्याच मनाङका गोलकिपर दिप कार्की घोषित भए । मनाङ लिगको तेस्रो स्थानमा तथा पुलिस क्लब छैटौँ स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी प्रदेशस्तरीय क्रिकेटमा स्याङ्जा च्याम्पियन

कास्की । पोखरामा सञ्चालन भएको गण्डकी प्रदेश तेस्रो संस्करणको पुरुष टि–२० क्रिकेट प्रतियोगिताको

एन्फाद्वारा एसिया कप छनोट खेल्ने टोली घोषणा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ(एन्फा) ले एसिया कप छनोट खेल्ने २३ सदस्यीय

सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

काठमाडौँ । टी–२० आई सिरिज जित्ने लक्ष्यका साथ आज नेपाल र स्कटल्याण्डबीच अन्तिम

टी–२० क्रिकेटमा नेपालद्वारा नेदरल्याण्ड्स पराजित

काठमाडौँ । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि–२० आई शृङ्खलामा नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल विजयी