प्रथम केब्स कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिता शुरु



काठमाडौँ । कुमारी एकेडेमी (केब्स) को आयोजनामा “प्रथम केब्स कप अन्तर विद्यालय ५×५ बास्केटबल प्रतियोगिता २०७६” शुरु भएको छ ।

काठमाडौंको बौद्धस्थित कुमारी एकेडेमीको प्राङ्गणमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि टुसाल यूथ क्लबका अध्यक्ष विजय लामा, सभापति सुरेश भ­ट्टराई तथा अतिथिहरुको संयुक्त रुपमा भएको थियो ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि लामाले विद्यालयले खेलकुद प्रतियोगिता गरेकोमा प्रशंसा गर्दै विद्यालय खेलकुद विकासको मेरुदण्ड भएकोले राज्यले विद्यालय खेलकुदलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बौद्ध तथा मेलम्ची घ्याङ गुठीका महासचिव नविन वज्र लामाले शुभकामना मन्तव्य राख्दै शिक्षा र खेलकुदलाई सँगसँगै अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा बोल्दै सभापति सुरेश भ­ट्टराईले प्रतियोगिताले शैक्षिक गुणस्तर र खेलकुदको माध्ययमबाट विद्यालयलाई अब्बल स्थापित गर्न सफल हुने बताउदै कार्यक्रमको समापन वागमती प्रदेशका प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाले गर्ने जानकारी दिए ।

आगामी माघ २१ गते मंगलबार सम्म सञ्चालन हुने प्रतियोगितामा ११ टिमको सहभागीता रहने जनाएको छ । प्रतियोगिताको विजेतालाई ट्रफि, मेडल र प्रमात्र–पत्र प्रदान गरिने आयोजकको जनाएको छ । प्रतियोगिता केब्सको आफ्नै खेल मैदानमा सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सलहेश फुटबल क्लबलाई पराजित गर्दै एपीएफ भोजपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश

भोजपुर । आठौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा

विश्व च्याम्पियनसिपकी कांस्य विजेतासँग देवकी पराजित

काठमाडौँ । नेपाली खेलाडी देवकीमाया श्रेष्ठ एसियाली जुडो च्याम्पियनसिपमा बलियो प्रतिद्वन्द्वी मंगोलियाकी नान्दिन

भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी

टक्सार (भोजपुर) । आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको

अन्तर्राष्ट्रिय तेक्वान्दोमा सोहन र हृदयणीलाई स्वर्ण

काठमाडौँ । नेपाली खेलाडी सोहन पाठक र हृदयणी बस्नतेले २१औँ वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय