१५ औं संस्करण भलिबल प्रतियोगितामा त्रिभुवन र राराको विजयी



काठमाडौं । नयाँ बसपाकस्थित ढोरपटान क्लबको कोर्टमा नेपाल एपिएफ क्लब र न्यू डायमन्ड स्पोट्स क्लब, त्रिभुवन आर्मी क्लब र रारा क्लबले १५ औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।

बिहीबारदेखि शुरु भएको खेलमा एपिएफले चुली युवा क्लबमाथि २५–६, २५–५ र २५–१३ को एकपक्षीय जित निकाल्दै विजयी शुरुवात गरेको हो । न्यू डायमन्ड स्पोट्र्स क्लबले पारामाउन्ट स्कूलमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । दोस्रो सेटमा दोस्रो रोजाईका खेलाडीलाई कोर्टमा तार्दा डायमन्डले २१–२५ ले नतिजा पारामाउन्टलाई सुम्पिएको थियो। अन्तिम समयतिर पहिलो रोजाइका खलोडीलाई यतारे पनि डायमन्ड खेलमा फर्कन सकेन। त्यसपछि डायमन्डले तेस्रो र चौथो सेटमा कुनै जोखिम नमोली पहिलो रोजाईका खोडीलाई कोर्टमा उतारेपछि २५–७ र २५–७ ले सेट आफ्नो पक्षमा पार्दै विजयी हुन सफल भयो ।

बिहीबारकै अर्को खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले समाखुशी इंग्लिस बोर्डिङ स्कूल (सेब) लाई २५–७, २५–४ र २५–८ को सोझो सेटमा हरायो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० विश्वकप छनोटमा नेपाल समूह–२ मा

काठमाडौं । आईसीसी टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोटको तालिका सार्वजनिक भएको छ ।

साम्बासहित १० खेलाडी सम्मानित

काठमाडौँ। एउटै व्यवस्थापमा सञ्चालित द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले एएफसी वुमेन्स

प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक

अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौँ । अस्ट्रेलियामा आयोजना हुने अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक