सन्तोष साहुखलको कीर्तिमानी १०० गोल



काठमाडौं । सन्तोष साहुखल सहिद स्मारक ए डिभिजन लिगमा एक सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । बुधबार दशरथ रंगशालामा भएको नेपाल पुलिस क्लबविरुद्धको खेलमा च्यासल युथ क्लबका फरवार्ड साहुखलले गोल गर्दैं नेपाली घरेलु लिगमा एक सय गोल पूरा गरेका हुन् ।

पुलिसविरुद्ध १८ मिनेटमा गोल गर्दै साहुखलले यो कीर्तिमान बनाएका हुन् । उनी अहिले च्यासल फुटबल क्लबका कप्तान समेत हुन् । यसअघिको लिगहरुमा उनले विभिन्न क्लबबाट ९६ गोल गरेका थिए ।

यो सिजनमा उनले पहिलो खेलमा संकटाविरुद्ध २ गोल गरे भने दोस्रो खेलमा मच्छिन्द्रविरुद्ध १ गोल गरे । उनकै गोलमा च्यासलले पहिलो खेलमा संकटामाथि २ ० गोलको जित र मछिन्द्रमाथि १ १ गोलको बराबरी खेलेको थियो ।

२०६० सालदेखि लिग खेल्न सुरु गरेका साहुखल नेपाली लिगका सर्वाधिक गोलकर्ता हुन् । थ्रीस्टारबाट आफ्नो लिग यात्रा सुरु गरेका उनले डेब्यू खेलमै गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँचौ टी–२० मा न्युजिल्यान्डको जित

अस्ट्रेलियाविरुद्धको पाँच खेलको टी–२० सिरिज घरेलु टिम न्युजिल्यान्डले जितेको छ । आइतबार विहान

नारायणगढ–मुग्लिन सडक आजदेखि एक साता दिउँसो बन्द हुने

भरतपुर । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता

संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै, होला त प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता ?

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुुगिरहेको बेला प्रतिनिधिसभाका

मेलम्चीको पानी आइपुग्यो काठमाडौं(भिडियोसहित)

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट ल्याइएको मेलम्चीको पानी २६.५ किलोमिटर सुरुङबाट परीक्षण