लिभरपुल मोन्टेरलाई २–१ ले पराजित गर्दै विश्वकपको फाइनलमा



काठमाडौं । काठमाडौं । लिभरपुलले फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । । रोवर्टो फिर्मिनोले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि लिभरपुल मोन्टेरलाई २–१ ले पराजित गर्दै फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
लिभरपुलको जितमा नेवी काइटा र रोवर्टो फिर्मिनोले गोल गरे । लिभरपुलले अब उपाधिका लागि दक्षिण अमिरिकी च्याम्पियन ब्राजिलियन क्लब फ्लेमेङ्गोसँग खेल्नेछ ।

कतारको दोहास्थित खालिफा इन्टरनेशनल स्टेडियममा भएको दोस्रो सेमिफाइनल खेलमा नेवी काइटाले १२ औं मिनेटमा गोल गर्दै लिभरपुललाई पहिले अग्रता दिलाएका थिए । तर दुई मिनेटपछि नै मोन्टेरेका लागि फुनेस मोरीले बराबरी गोल फर्काए ।
निर्धा्रित ९० मिनेटसम्म खेल १–१ कै बराबरीमा थियो । ८५ औं मिनेटमा डिभोक ओरिगीको स्थानमा मैदान प्रवेश गरेका फिर्मिनोले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै लिभरपुको फाइनल यात्रा पक्का गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी प्रदेशस्तरीय क्रिकेटमा स्याङ्जा च्याम्पियन

कास्की । पोखरामा सञ्चालन भएको गण्डकी प्रदेश तेस्रो संस्करणको पुरुष टि–२० क्रिकेट प्रतियोगिताको

एन्फाद्वारा एसिया कप छनोट खेल्ने टोली घोषणा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ(एन्फा) ले एसिया कप छनोट खेल्ने २३ सदस्यीय

सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

काठमाडौँ । टी–२० आई सिरिज जित्ने लक्ष्यका साथ आज नेपाल र स्कटल्याण्डबीच अन्तिम

टी–२० क्रिकेटमा नेपालद्वारा नेदरल्याण्ड्स पराजित

काठमाडौँ । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि–२० आई शृङ्खलामा नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल विजयी