क्रिकेटमा नेपाल बङ्गलादेशसँग पराजित, स्वर्ण जित्ने सपना समाप्त



काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपाल बङ्गलादेशको यु–२३ टोलीसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ४४ रनले पराजित भएसँगै नेपालको स्वर्ण जित्ने सपना समाप्त भएको हो ।

बङ्गलादेशले जीतका लागि दिएको १५६ रनको विजयी लक्ष्य पच्छाएको नेपाल निर्धा्रित २० ओभरमा नौ विकेट गुमाउँदै १११ रनमा समेटियो । खराब शुरुवात गरेको नेपालले १४ रनमा तीन विकेट गुमाएको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वा्धिक ४३ रन बनाए भने उपकप्तान दीपेन्द्र सिंह ऐरीले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । त्यस्तै अविनास बोहरा १३ रनमा अविजित रहँदा रोहित पौडेलले आठ, ललित राजवंशीले पाँच तथा सुसन भारीले दुई रन जोडे ।

बङ्गलादेशका तान्भिर इस्लाम, सौम्या सरकार, सुमोन खान र मेहेदी हसनले समान दुई÷दुई विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धा्रित २० ओभरमा छ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । उसका लागि कप्तान नाजमूल होसेन सान्तो र आफिफ होसेनको ९४ रनको साझेदारी गरेका थिए ।

कप्तान नाजमूलले सर्वा्धिक ७५ रनको योगदान दिए । साठी बलको सामना गरेका उनले चार छक्का र चार चौकाको मद्दतमा अविजित ७५ रन बनाएका हुन् । यस्तै आफिफ होसेनले ५२ रन जोडे । बलिङतर्फ नेपालका पारस खड्काले तीन विकेट हात पारे । यस्तै दीपेन्द्र सिंह ऐरीले दुई तथा अविनास बोहराले एक विकेट लिए ।

चार खेलमा दुई जीत र दुई हार व्यहोरेको नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ । नेपालले चार खेलमा चार अङ्क जोडेको छ । पहिलो खेलमा श्रीलङ्कासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको थियो । त्यस्तै शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो ।

तीन खेल खेलेको बङ्गलादेश तीनै खेलमा जीत हात पार्दै शीर्ष स्थानमा उक्लिएको छ । बङ्गलादेशले छ अङ्क बनाएको छ । त्यस्तै समान छ अङ्क नै जोडेको श्रीलङ्का रनरेटका आधारमा अङ्क तालिकाको दोस्रो स्थानमा छ । जारी प्रतियोगितामा बङ्गलादेश र श्रीलङ्का फाइनलमा प्रवेश गरेका छन् । यता नेपालले अब कास्य पदकका लागि माल्दिभ्ससँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपीएफको राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आइतबारदेखि ‘१६औँ राष्ट्रव्यापी

मनाङ र फ्रेन्ड्स एक/एक गोलको बराबरीमा

काठमाडौं । ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी फुटबल क्लबल र फ्रेन्ड्स क्लबले

नेपाललाई मलेसियाविरुद्धको टी–२० सिरिज

काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपाली महिला टोलीले टी–२० सिरिज आफ्नो पक्षमा पारेको

एफए कपको उपाधि सिटीलाई

म्यानचेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा सहरी