सागमा तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्ने



काठमाडौं । मंसिर १५ गते बाट नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि जिम्मा पाएको प्राविधिक समितिले शनिबार आफ्नो कार्यविवरण जानकारी गराएको छ ।

राष्ट्रिय खेदकुद परिषदको प्रचार प्रसार समितिका गंगा बहादुर मगरले मितिले सागमा सहभागी भएका खेल संघहरुसँग समन्वय गरी प्रशिक्षक एवम् प्राविधिक जनशक्ति परिचालन, पदक निर्धारण, खेलस्थल एवम खेल अवधि निर्धारण, प्राविधिक पुस्तिका तयारी, प्रकाशन सम्बन्धि काम पूरा भएको जानकारी गराएका हुन् ।

कार्यक्रममा संयोजक मगरले केही दिन भित्र नै खेल स्थलको निरीक्षण गरी आवश्यक सल्लाह सुझाव दिने बताए । नेपालमा हुने लागेको खेल मेलामा विभिन्न सात देशका खेलाडीले कुल ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

करिब ३ हजार खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा कुल २९ खेल समावेश गरिएको छ । त्यसका लागि समितिले अन्तर्राष्ट्रिय रेफ्रि, जज, जुरी, अम्पायर लगायत उच्च स्तरीय प्राविधिक डेलिगेट्सहरुलाई नेपाल आउन र उनीहरुको व्यवस्थापनका लागि काम गरिसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल मलेसियासँग पराजित

काठमाडौं । पाँच खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित

विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ

सातदोबाटोविरुद्ध एनआरटीको जित

काठमाडौं । न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो

काभा महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

काठमाडौं । आयोजक नेपाल काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा तेस्रो बनेको छ