एमसीसीविरुद्ध नेपालको जित



काठमाडौं । नेपाल भ्रमणमा रहेको एमसीसीविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले ५ विकेटले जित निकालेको छ । एमसीसीले दिएको २०२ रनको लक्ष्य नेपालले ३८ ओभरमा ५ विकेट गुमाउँदै जित निकालेको हो ।

नेपालको जितमा विनोद भण्डारीले सर्वा्धिक ५२ रनको योगदान गरे । यस्तै पवन सराफले ३२ रन बनाए । यसअघि पवन सराफ र ललितनारायण राजवंसीले ४–४ विकेट लिएका थिए ।

पहिले ब्याटिङ गरेको एमसीसीका लागि विल रोडसले ५४ रन बनाए । त्यस्तै, ओपनर विल्ली गोड्लेम्यानले ५२ रन बनाउँदै अर्धशतक पूरा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल मलेसियासँग पराजित

काठमाडौं । पाँच खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित

विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ

सातदोबाटोविरुद्ध एनआरटीको जित

काठमाडौं । न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो

काभा महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

काठमाडौं । आयोजक नेपाल काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा तेस्रो बनेको छ