यस्तो बन्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डीपीआर, फोटोमा हेर्नुस्



चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डिपिआर)को खाका तयार भएको छ ।

सो खाकामा थपघटका लागि सुझाव लिन बुधबार अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा डिपिआर बनाउँदै गरेको क्रियटिभ डिजायन आर्किटेक्टस प्रालीले हाल तयार गरेको नमूना प्रस्तुत गरेको थियो ।

सो कम्पनीले कमलको फूलसँगै नेपालीपन झल्कने गरी आधुनिक तवरको रङ्गशालाको नमूना तयार गरेको छ । रङ्गशालाको प्रवेशद्वारमा गौतमबुद्धको शालिक निर्माण गरिनेछ । भित्री भागमा परम्परागत कलात्मक शैली झल्कने गरी रङ्गशाला निर्माणका लागि नक्साङ्कन गरिएको देखाइएको छ । २२ बिघा १६ कट्ठा पाँच धुर जग्गामा रङ्गशाला निर्माण गरिँदै छ ।

डिपिआरमा एक लाख ५४ हजार ५०६ वर्ग मिटरमा रङ्गशाला निर्माण गर्ने र त्यसभित्र ३० हजार मानिस बसेर खेल अवलोकन गर्नसक्ने जनाइएको छ । छलफल कार्यक्रममा डिपिआर बनाउँदै गरेको क्रियटिभ डिजायन आर्किटेक्टसका प्रबन्ध निर्देशक शेरबहादुर केसीले भारत र अमेरिकाका परामर्शदातासँग छलफल गरी यो प्रतिवेदनलाई अन्तिम रुप दिइएको जानकारी दिए ।

विश्वमा रहेका पछिल्लो प्रविधिबाट निर्मित रङ्गशालाको नमूनासमेत अध्ययन गरी परामर्शदाता कम्पनीले उच्चस्तरको डिपिआरको नमूना तयार भएको जनाएको छ । कार्यक्रममा सहभागीले आ–आफ्नो सुझाव दिएका थिए ।

सो अवसरमा धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले समयमा रकम जुटाउन सकेमा २२ महीनाभित्रमा रङ्गशाला तयार हुने बताए । पछिल्ला दिनमा जिल्लामा भएका घटनाका कारण वातावरण त्यती सहज नभएको भन्दै उनले जिल्लाबासी लागेमा काम सम्पन्न गर्न कठिन नहुने बताए ।

परामर्शदाता कम्पनीले सरकारको कर छुट गराउनसकेमा रङ्गशाला तयार गर्न दुई अर्ब ६० करोड रुपैयाँ हाराहारी खर्च हुने जनाइएको छ । कट्टेलले रङ्गशालाका लागि बोलकबोलको रकम सात करोडमध्ये एक करोड र नबोलीकनै सोझै दुई करोड सङ्कलन भएको जानकारी दिए ।

डिपिआरका लागि हालसम्म दुई करोड भुक्तानी गरेको कूल रकमको टुङ्गो लगाएर भुक्तानी गर्न बाँकी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यामरुनको एभिनियर क्लबलाई भोजपुर गोल्डकपको उपाधि

भोजपुर । पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण

खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिम–११ पराजित

धनगढी । धनधनगढी रङ्गशालामा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७९

विराटनगर सिटी एफसीले जित्यो विराट गोल्डकप

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि घरेलु टोली विराटनगर सिटी एफसीले

सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन रवि शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको