फिफा बरियतामा नेपाल १६१औं स्थानमा



काठमाडौं । फिफाले निकालेको वरियताको सूचीमा नेपाल १६१औं स्थानमा पुगेको छ । यसअघि १ सय ६६ स्थानमा रहेको नेपालले ५ स्थान सुधार गरेको हो ।

नेपालले विश्वकपको दोस्रो चरणको छनोटमा प्रतियोगितामा कुवेतसँग पराजय भोगे पनि चाइनिज ताइपेविरूद्ध जित हात पारेको थियो । दक्षिण एशियाका देशहरूमा भारत १०४ औं स्थानमा छ भने माल्दिभ्स १५३औं स्थानमा, भुटान १८५औं स्थानमा छ । त्यस्तै बंगलादेश १८७औं,  श्रीलंका २०२ र पाकिस्तान २०३ औं स्थानमा रहेको छ ।

विश्व बरियताको शीर्ष स्थानमा भने बेल्जियम छ भने विश्वविजेता फ्रान्स एक स्थान उक्लिदै दोस्रो स्थान पुग्दा ब्राजिल एक स्थान तल झरेको छ । चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी प्रदेशस्तरीय क्रिकेटमा स्याङ्जा च्याम्पियन

कास्की । पोखरामा सञ्चालन भएको गण्डकी प्रदेश तेस्रो संस्करणको पुरुष टि–२० क्रिकेट प्रतियोगिताको

एन्फाद्वारा एसिया कप छनोट खेल्ने टोली घोषणा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ(एन्फा) ले एसिया कप छनोट खेल्ने २३ सदस्यीय

सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

काठमाडौँ । टी–२० आई सिरिज जित्ने लक्ष्यका साथ आज नेपाल र स्कटल्याण्डबीच अन्तिम

टी–२० क्रिकेटमा नेपालद्वारा नेदरल्याण्ड्स पराजित

काठमाडौँ । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि–२० आई शृङ्खलामा नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल विजयी