सिरहामा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु


सिरहा । सिरहाको सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडक खण्डमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान दश बजेको समयमा चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना.१ घ.५५३ नम्बरको ट्रक र सिरहाबाट चौहर्वातर्फ आउँदै गरेको स.९ प.७६५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना पुरुष गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा ल्याइएकोमा चिकित्सकले बिहान १०ः२५ बजे दुवै जनालाई मृत घोषणा गरेका हुन् ।

ट्रक चालक फरार रहेकाले खोजतलास भइरहेको छ । मृतकका आफन्तको खोजी तथा पहिचान गर्ने कार्यसमेत भइरहेको प्रहरीले जनाएको छ ।