काठमाडौँ । नेपाल प्रहरीको आईजीपीबाट हटाइएका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुगेका छन् । बुधबार सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा.मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेपछि त्यसविरुद्ध कार्की रिट लिएर सर्वोच्च पुगेका हुन् ।
कार्कीका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवर रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । रिट दर्ताको प्रक्रिया चलिरहेको उनले बताए । बुधबारको मन्त्रिपरिषदको बैठकले कार्कीलाई महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीे सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । केसीले बुधबार नै दज्र्यानी चिह्न लगाएर पदभार समेत ग्रहण गरिसकेका छन् ।

प्रतिक्रिया