निकुञ्ज हुँदै यात्रा गर्दा सावधानी अपनाउन आग्रह



चितवन ।  चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। विगत केही दिनदेखि यस क्षेत्रमा जंगली हात्ती ध्रुवे देखिएकाले साँझ ५ बजेपछि यात्रा गर्दा समूहमा मात्रै गर्न निकुञ्जले अनुरोध गरेको हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार साँझ परेपछि दुईपांग्रे सवारीसाधनमा यात्रा गर्नेलाई सामूहिक रूपमा मात्र पठाउने गरिएको छ।

उनले भने, ‘निकुञ्ज हुँदै कसराको बाटो प्रयोग गर्नेलाई साँझ ५ः३० बजेपछि एक्लै यात्रा नगर्न अनुरोध गरेका छौँ।’ समूहमा यात्रा गर्न या ठुला सवारीसाधनको पछि मात्रै यात्रा गर्न अनुरोध गरिएको उनले जानकारी दिए। ध्रुवे हात्ती निकुञ्ज मुख्यालय क्षेत्र र कसरा सडक क्षेत्रमा रहेकाले सतर्कता अपनाउन निकुञ्जले अनुरोध गरेको छ।

भरतपुर–माडी दैनिक पाँच सय दुईपांग्रे तथा चारपांग्रे दुई सय सवारीसाधन गुड्ने गरेका छन्। साँझपख बढीजसो दुईपांग्रे सवारीसाधन गुड्ने गरेका छन्। सडक छेउछाउ हात्तीले आक्रमण गर्न सक्ने भएकाले यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरिएको सूचना अधिकारी थापामगरले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणले भन्यो-गौतमबुद्ध विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण मन्त्रिपरिषदको निर्णय बमोजिम

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने

गभर्नर सिफारिस समिति पुनर्गठन

काठमाडौं । सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ । बुधबार साँझ बसेको

मन्त्रिपरिषद बैठकद्वारा बेपत्ता छानबिन र सत्यनिरुपण आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा नियुक्त

सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार साँझ ६ बजेर