पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण



सुनसरी । चितवन राष्ट्रिय निकुञ्जबाट पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको छ । पुष्पा र अञ्जलीलाई चितवनबाट दुई अलग खोरमा राखेर कोशी टप्पु पुर्याइएको थियो ।

जसलाई वन तथा वातावरणमन्त्री डाक्टर वीरेन्द्रप्रसाद महतोसहित विभागका कर्मचारीको उपस्थितिमा आरक्ष कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा लगिएको हो । विभागका तत्कालीन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले त्यस विषयमा विस्तृत अध्ययन गरेपछि प्रतिवेदन बुझाएको थियो ।

सुरुमा यहाँबाट लगिएका गैँडालाई खुल्ला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिने छ । कोशीको पथरी सेक्टर कार्यालय नजिकै आरक्ष सुरक्षार्थ सेनाको पोष्टनजिक गैँडा राखिँदैछ । प्रकृतिमा छाड्ने समयमा गैँडा थप गरिने छ ।

केही वर्षअघि उक्त निकुञ्जमा १३ वटा अर्ना ल्याइएको थियो । तत्कालीन समयमा स्थानीयवासीले चितवनबाट आरक्षमा गैँडा ल्याउनुपर्ने माग गरेका थिए । सोहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालिएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामीताल क्षेत्रमा छाडिएका दुईवटा गैँडा कोशी पठाइएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काँडेभ्याकुर हेर्न उपरदाङगढीमा पर्यटक

भरतपुर । नेपालमा आठ सय ९४ प्रजातिका चरा पाइन्छन् । तीमध्ये नेपालमा मात्र

बर्दिया पठाइयो चितवनको हिंस्रक बाघ

  चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय

अटोचालक महिलाको अनुभव : ‘इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिनेरहेछ’

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ की अनिता सारुलाई हरेक दिन

मुग्लिन–पोखरा सडकको नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र

  दमौली । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र