ललिता निवास प्रकरणमा गच्छदारसहित चारजना पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौँ । ललिता निवास प्रकरणमा पूर्वमन्त्रीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार साह विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको हो ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले सरकारी लिखत किर्ते गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ । आइतबार सर्वोच्च अदालतले ललिता निवास प्रकरण मुख्य निर्णयकर्ता समेतलाई अनुसन्धानको दायरामा ल्याउन सरकारलाई आदेश दिएको थियो ।

आदेश आएकै दिन जिल्ला अदालतले पूर्वमन्त्रीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । २०६६/२०६७ मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा उपप्रधानसहित भौतिक योजना तथा निर्माण मन्त्री गच्छार र श्रेष्ठ भूमि सुधार मन्त्री थिए । बाबुराम भट्टराई प्रधानमन्त्री रहँदा २०६९ मा जोशी भूमि सुधार मन्त्री थिए ।

भट्टराईकै मन्त्रिपरिषद् बैठकले ललिता निवासको सरकारी जग्गा टिकिन्छा गुठीका नाममा लगेर त्यसमा नक्कली मोही खडा गर्ने निर्णय भएको थियो । यो निर्णय हुँदा तत्कालीन भूमि सुधारमन्त्री जोशीले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहमन्त्रीलाई सदनमा बोल्न दिने र त्यसपछि परिस्थिति हेरेर अघि बढ्ने विपक्षी दलहरुको निर्णय

काठमाडौँ । विपक्षी पाँच दल गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिन सहमत भएका

हिमाली मुलुकका मुद्दा स्थापित गर्न जेठ ९ र १० गते काठमाडौंमा हुने अन्तर्राष्ट्रिय संवादमा २३ देशका विज्ञ सहभागी हुने

काठमाडौँ । पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण हिमालमा

प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ

काठमाडौँ । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ६ जनालाई पक्राउ गरिएको छ

२५ करोडको लागतमा कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा  २५ करोडको लागतमा मोटरेबल पक्की