बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु



 

चितवन । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङ रहेका छन् ।

खैरहनी नगरपालिका–१२ सहनपुरस्थित केरा घारीमा बाघको आक्रमणबाट आइतबार दिउँसो तामाङ मृत्यु भएको वडा नम्बर १२ का वडाध्यक्ष केदार पन्तले जानकारी दिए । शव केराघारीबाट निकालिएको र पोष्टमार्टमका लागि भरतपुर पठाउने तयारी भइरहेको पन्तले बताए ।  बाघ बस्तीमा छिरेर मान्छे आक्रमण गरेपछि दिनभर गाउँमा त्रास फैलिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । बाघ नियन्त्रणका लागि १५ वटा हात्ती परिचालन गरिएको छ ।

बाघ शनिबारदेखिनै प्राविधिकको निगरानीमा रहेको भन्दै खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला नपरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । चितवनमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुनेक्रम रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको आग्रह

काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने

बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

लुम्बिनी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको