राजश्व अनुसन्धानले प्रहरीलाई बुझायो सुन तस्करीको फाइल, अब सीआईबीले थप अनुसन्धान गर्ने



काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद भएको एक क्वीन्टल सुन प्रकरणको अब नेपाल प्रहरीले अनुसन्धान गर्ने भएको छ । आइतबार राजश्व अनुसन्धान विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)लाई थप अनुसन्धानका लागि फाइल बुझाएको हो ।

सुन तस्करी प्रकरण अन्तरदेशीय संगठित अपराध देखिएकाले अनुसन्धान लागि फाइल प्रहरीलाई बुझाइएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।

अहिलेसम्म यस प्रकरणको विभाग आफैंले अनुसन्धान गरिरहेको थियो । नेपालको रेडी ट्रेड कम्पनीको नाममा हङकङबाट कार्गो गरी ल्याइएको ब्रेकसुभित्र सुन भेटिएको थियो । यो प्रकरणमा विभागले हालसम्म १८ जनालाई पक्राउ गरेको छ ।

नेकपा एमालेले सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै सदन अवरुद्ध गरिरहेका बेला विभागले थप अनुसन्धानका लागि प्रहरीलाई जिम्मेवारी दिएको हो । राजस्व अनुसन्धान विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट एक क्वीन्टल सुन बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यी हुन् ट्राफिक प्रहरी जवान घिमिरेको हत्या आरोपी

काठमाडौँ । ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक

प्रतिनिधिसभा बैठक दिउँसो दुई बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सारिएको छ । आज बिहान ११ बजेका लागि

संसदीय समितिको ‘टिओआर’ नटुंगिदासम्म संसद् सञ्चालन नगर्न प्रतिपक्षी दलको आग्रह

काठमाडौं । विपक्षी दलहरुले संसदीय छानबिन समिति गठनसम्बन्धी कार्यदलको कार्यक्षेत्रमा सहमति नभएसम्म बैठक

गृहमन्त्रीलाई सदनमा बोल्न दिने र त्यसपछि परिस्थिति हेरेर अघि बढ्ने विपक्षी दलहरुको निर्णय

काठमाडौँ । विपक्षी पाँच दल गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिन सहमत भएका