हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु



काठमाडौं । केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्ष्य गरी ह्याकरहरुले विदेशी टिकट इस्यु गरेको पाइएपछि नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ ।

उनीहरूले फिसिङको माध्यामबाट लगइन नेम र पासवर्डमा अनाधिकृत पहुँच पुर्याएर विदेशी टिकट इस्यु गरेको उजुरी परेपछि साइबर ब्यूरोले अनुसन्धान थालेको हो ।

टिकेटिङ प्रणाली ह्याक गरी अनाधिकृत रुपमा टिकट काटिएका संस्थाबाट उजुरी परेकाले छानबिन थालिएको ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए । उनका अनुसार अहिले उक्त विषयमा सुक्ष्म अनुसन्धान भइरहेको छ ।

उपनिर्देशक रायले तीनवटा संस्थाले त्यसरी ब्यूरोमा उजुरी दिएको उल्लेख गर्दै ब्यूरोले त्यस्ता घटनामा सचेत हुन सेवाप्रदायक कम्पनी तथा आम नागरिकलाई पनि अनुरोध गरेको छ । कस्मो नेपाल ट्राभल्सलगायत तीन संस्थाका युजर नेमबाट लाखौँको टिकट काटिएको सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात दिनभित्र रमाना लिएर सरकारले खटाएको ठाउँमा हाजिर हुन निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात दिनभित्र रमाना लिएर सरकारले

धवलागिरि हिमाल आरोहणका लागि २३ जनाले पाए अनुमति

  म्याग्दी ।  शरदयाममा म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि २३ जनाले अनुमति

नेपाली र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास सम्पन्न

काठमाडौं । नेपाली र अमेरिकी सेनाबीच ४४ औं संस्करणको संयुक्त सैन्य अभ्यास सम्पन्न

‘रावायण’ फिल्म विवादमा अनमोल केसी पक्राउ

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ‘रावायण’ नामक चलचित्रमा भएको