रुपन्देहीमा नाबालिका बलात्कार अभियोगमा एक पक्राउ



रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा एक नाबालिकामाथि बलात्कारको अभियोगमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको मौका छोपेर गन्धर्वले यही जेठ ११ गते दिउँसो १ बजे बालिकालाई जबर्जस्ती करणी गरेको परिवारको भनाइ छ । बालिकाका आमाबुवा खेतमा काम गर्न गएको मौका छोपेर गन्धर्वले करणी गरेको बालिकाले बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

खेतमा काम गर्न गएका आमाबुवा घरमा आएपछि बालिकाले घटनाबारे जानकारी गराएकी थिइन् । बालिकाको यौनाङ्गमा चोट लागेकाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइएको छ । करणीको अभियोग लागेका गन्धर्वलाई जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाइएको प्रवक्ता थापाले बताए

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसैँ बिदाले बढायो तनहुँमा आन्तरिक पर्यटक

तनहुँ । दसैँको बिदामा तनहुँका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

यसवर्षको दसैँमा मुस्ताङमा १६ करोडको भेडाच्याङग्राको व्यापार

म्याग्दी । यस वर्षको दसैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ

साहासिक पदयात्राका लागि ‘थोराङ्ला पास’

म्याग्दी। शरद यामको सुरवात र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश ।

साउन महिनायता चितवन राष्ट्रिय निकुञ्जमा ६ गैँडाको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिएका छन् ।