यात्रुसँग बढी भाडा असुल्ने कलंकीबाट थप दुई जना पक्राउ



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने थप दुई जनालाई बिहीबार कलंकी चोकबाट पक्राउ गरेको छ ।
कलंकी चोकबाट काउण्टरका २ जना कर्मचारीलाई यात्रुसँग मनोमानी भाडा लिइरहेको बेला नियन्त्रणमा लिएको हो ।

काठमाण्डौंदेखि झापा मोरङ्गको नियमित भाडा एक हजार देखि बाह्रसयसम्म भएपनि यात्रुसँग दुई गुणा बढी जनही २५०० रुपैयाँका दरले भाडा उठाउने खोटाङ्ग गरभइ कलंकी बस्ने बर्ष ३५ को भीम बहादुर खड्का र रौतहट घर भई खसीबजार बस्ने बर्ष ५० को बैजनाथ चौधरीलाई महाशाखाको सादा पोशाकको टोलीले पक्राउ गरेको हो ।

उपत्यकाको रिङ्गरोडमा चल्ने बा४ख १९२५ नम्बरको पाथिभारा दर्शनको भाडा बसमा यात्रु लग्ने गरी टिकट काटिएको समेत पाइएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे

डोटीमा कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ  । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीन वटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की

आइतबारदेखि मौसममा सुधार हुने

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै