रेम्डिसिभिर औषधि कालोबजारी गरेको आरोपमा एकजना पक्राउ



काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधि कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोरखा घर भएका रफिक मियाँलाई महाराजगन्जबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

६ थान रेम्डिसिभर १ लाख २० हजार रुपैयाँमा बिक्री गरिरहेका बेला महाशाखाको टोलीले मियाँलाई पक्राउ गरेको हो । त्रिवि शिक्षण अस्पताल अगाडि रहेको सेवक फर्माका दीपक ढकालसँग मिलेर रेम्डिसिभिर तोकिएको भन्दा धेरै मूल्यमा बेचेको रफिकले प्रहरीलाई बताएका छन् ।

उनीबारे अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । सो रेम्डिसिभिरको बजार मूल्य ३० हजार रुपैयाँ छ । मियाँलाई कालोबजारी र संक्रामक रोग ऐन–२०२० अनुसार मुद्दा चलाउने प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौसमी राडार मर्मतका लागि विदेशी विज्ञको खोजी गर्दै विभाग

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतस्थित राडार बिग्रिएको करिब नौ वर्ष

कसरी गर्ने पदयात्राको तयारी ?

रामबहादुर थापा, गण्डकी ।  पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ । विश्वका विभिन्न

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपतिका