नक्कली पीसीआर रिपोर्ट बनाउने सुरिया हेल्थ ल्याबका संचालकसहित आठ जना पक्राउ



काठमाडौँ । पीसीआर परीक्षण नै नगरी नेगेटिभ विवरण उल्लेख गरेर स्वास्थ्य रिपोर्ट बनाएको आरोपमा काठमाडौंको सिनामंगलस्थित सुरिया हेल्थ केयरका सञ्चालक खेलानन्दप्रसाद सिंहसहित आठ जना पक्राउ परेका छन् । नेगेटिभ नतिजा उल्लेखित ४ वटा नक्कली पीसीआर रिपोर्ट पनि प्रहरीले बरामद गरेको छ । महानगरीय अपराध महाशाखाबाट एसपी कृष्ण पंगेनीको नेतृत्वमा प्रहरी टोलीले सिंहको ल्याबमा छापा मारेको थियो ।

महानगरीय अपराध महाशाखाका अनुसार सिंहले उक्त ल्याबबाट गरेका सबै पीसीआर रिपोर्टबारे पनि अनुसन्धान थालिएको जनाएको छ । नक्कली पीसीआर रिपोर्ट तयार गर्ने गरेको उजुरीपछि केही दिनयता ल्याबमाथि अनुसन्धान भइरहेको र प्रमाण फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरु :-
१.जिल्ला झापा गौरादह न.पा.वडा नं.७ घर भई हाल का.जि.का.म.न.पा.३२ पेप्सीगोला बस्ने बर्ष ४५ को प्रकाश रायमाझी भन्ने चित्र ब.रायमाझी ।
२.जिल्ला सप्तरी राजबिराज न.पा.वडा नं.१३ घर भई हाल ल.पु.ईमाडोल बस्ने बर्ष ३२ को प्रमोद कुमार यादव ।
३.जिल्ला महोत्तरी गौशाला न.पा.१ घर भई बस्ने बर्ष ५० को प्रदिप कुमार गिरी ।

४.जिल्ला महोत्तरी सोनाम गा.पा.वडा नं.६ घर भई हाल का.जि.सिनामंगल बस्ने बर्ष २५ को अमन कुमार यादव ।

५.जिल्ला मोरङ बिराटनगर म.न.पा.वडा न.पा.३ घर भई हाल का.जि.अनामनगर बस्ने बर्ष ३२ को वजेश पोख्रेल ।

६.जिल्ला महोतरी गौसाला न.पा.वडा नं. १ घर भई हाल का.जि.बानेश्वर बस्ने बर्ष २२ को बादल मिरिङ छिङ ।

७.जिल्ला दोलखा बैतेश्वरी न.पा.वडा न.५ घर भई हाल का.जि.चाबहिल बस्ने बर्ष २२ को सरोज क्षेत्री ।

८.जिल्ला सप्तरी मध्यपुरा गा.पा.वडा न.१ घर भई हाल ललितपुर धापाखेल बस्ने बर्ष ४४ को डा.खेलानन्द प्रसाद सिंह ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसैँ बिदाले बढायो तनहुँमा आन्तरिक पर्यटक

तनहुँ । दसैँको बिदामा तनहुँका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

यसवर्षको दसैँमा मुस्ताङमा १६ करोडको भेडाच्याङग्राको व्यापार

म्याग्दी । यस वर्षको दसैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ

साहासिक पदयात्राका लागि ‘थोराङ्ला पास’

म्याग्दी। शरद यामको सुरवात र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश ।