श्रीमती हत्या अभियोगमा थुनमा रहेका दोलखाका एक थुनुवाले गरे आत्महत्या



चरिकोट । जिल्ला कारागार दोलखामा पूर्पक्षका लागि थुनामा रहेका एक थुनुवाले शुक्रबार कारागारभित्रै आत्महत्या गरेका छन् । श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका कालिञ्चोक गाउँपालिका–६ लापिलाङका हिमाल थामीले कारागार शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेका प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो शौचालय गर्न गएका उनी लामो समयसम्म नर्फकिएपछि कारागार प्रशासनले हेर्दा शौचालयमा आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए ।

थामीले आफैँले लगाएको ज्याकेटको तुना निकालेर झुण्डिएर आत्माहत्या गरेका बताइएको छ । तत्काल ड्रिल गरेर ढोका फुटाउँदा थामीको मृत्यु भइसकेको कारागारका निमित्त प्रमुख पदम केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चट्याङ् लागेर वैशाखमा मात्रै २१ जनाको मृत्यु

काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा चट्याङ लागेर वैशाखमा मात्रै २१ जनाको मृत्यु भएको

निकुञ्जमा मारिएका कर्मचारीको नामबाट छावाको नामाकरण

चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा जन्मिएको एउटा छावाको

विराटनगरबाट सेनाले काठमाडौं ल्यायो ४५९ सिलिण्डर अक्सिजन

काठमाडौं । नेपाली सेनाले शुक्रबार गृह मन्त्रालयको संयोजनमा कासा विमानमार्फत ५९ सिलिण्डर अक्सिजन

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–१० स्थित टीकापुरमा भएको मोटरसाइकल दुर्घटनामा पचालकको मृत्यु भएको