नक्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ



काठमाडौं । नक्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–५ घर भएका ४५ वर्षीय शकुल शाही ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

ठकुरीले नागार्जुन नगरपालिका–६ स्थित रहेको जग्गा बैना गरेको भनी प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाई पीडितको उक्त नगद ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ

२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका