आमाको सम्पत्ति लिएर हेरचाह नगर्ने राष्ट्र बैंककी निर्देशक जेल चलान



काठमाडौं । नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिमाललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । सोमबार जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

आमा शोभा रिमालको सम्पत्ति लिएर बेवास्ता गरेको कसुरमा प्रहरीले उनलाई चैत २२ गते पक्राउ गरेको हो । छोरीले तीन करोडभन्दा बढी सम्पत्ति हत्याएर आफूलाई उचित हेरचाह नगरेको दाबी शोभाले गरेकी छन् । डेढ वर्षअघि आफ्ना पति मरेपछि शोभा छोरीसँगै बस्ने गरेकी थिइन् । आफ्ना पति र आफ्नो संयुक्त खातामा सुनचाँदीसहित तीन करोड रुपैयाँ र वित्तीय संस्थाका सेयरहरू झुक्याएर आफ्नो नाममा पारेको भन्दै शोभाले उजुरी गरेको प्रहरीले जनाएको छ ।

ज्येष्ठ नागरिक ऐनविरूद्धको कसुर गरेकाले आफ्नी छोरीलाई कारबाही गर्न शोभाले माग गरेकी छन् । नौ महिनाअघि उनको उजुरी प्रहरीमा परेपछि छोरी सुष्माले अदालतबाट आफूमाथि कारबाही नगर्न ’स्टेअर्डर’ लिएर आएकी थिइन् ।

पछि त्यो अर्डर खारेज गरेपछि आमाले जाहेरी दिएकी हुन् । वृद्ध–वृद्धाले आफ्नो सम्पत्ति खोस्ने र हेरचाह नगर्ने आफन्तविरूद्ध दिएको सम्भवत यो पहिलो जाहेरी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जन्ती बस दुर्घटनामा मृत्यु हुने तीनै जना दोलखा भीमेश्वरका

चौतारा । सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटनामा मृत्यु हुने तीनै जनाको सनाखत भएको छ

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा सात

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख