बलात्कारका आरोपित पक्राउ



राजविराज । एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ ।

उनीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए । आमासँगै जिल्ला प्रहरी कार्यालय पुगेकी पीडितले दिएको उजूरी जिल्ला प्रहरी कार्यालयले गत माघ ९ गते दर्ता गरेको थियो । खडक–६ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको आँपका बगैँचामा विसं २०७६ फागुन १० गते आरोपितले बलात्कार गरेको पीडितले बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीमती हत्या अभियोगमा थुनमा रहेका दोलखाका एक थुनुवाले गरे आत्महत्या

चरिकोट । जिल्ला कारागार दोलखामा पूर्पक्षका लागि थुनामा रहेका एक थुनुवाले शुक्रबार कारागारभित्रै

नेपाली महिला टोली पहिलोपटक अन्नपूर्ण हिमालको चुचुरोमा

काठमाडौं । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा शुक्रबार  पहिलो पटक

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा भक्तपुरमा दुई जनाको मृत्यु

भक्तपुर । तीव्र गतिमा हुइँकिएको मोटरसाइकल अरनिको राजमार्गस्थित भक्तपुरको चुनदेवीमा डिभाइडरमा ठोक्किएर दुर्घटना

डढेलोले रसुवामा २५ हेक्टर जङ्गल नोक्सान

रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र लागेको डढेलोले २५ हेक्टर जङ्गल नोक्सान गरेको छ