सशस्त्र प्रहरीका प्रहरी निरीक्षक ५० हजार घुससहित पक्राउ
बुटवल । रुपन्देहीमा ५० हजार घुससहित दुई सशस्त्र प्रहरी पक्राउ परेका छन् । बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प गैडहवा ३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासीलाई अख्तियार टोलीले घुससहित नियन्त्रणमा लिएको हो ।
उनीहरुले फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीबाट ५० हजार घूस लिइसकेको अवस्थामा बिहीबार बिहान १० बजे नियन्त्रणमा लिएको आयोगको बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।