श्रीमतीको हत्या गरी फरार भएका शेरबहादुर पक्राउ



सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हरिहरपुरगढी गाउँपालिका–१ चिसापानी बस्ने ४४ वर्षीय शेरबहादुर भुजेललाई पक्राउ गरेको छ । श्रीमतीलाई बञ्चरो प्रहार गरी फरार रहेका शेरबहादुरलाई प्रहरीले यही माघ १३ गते पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी श्यामबहादुर खत्रीका अनुसार माघ ९ गते राति श्रीमती रमामाया घलान (बजु)लाई टाउकोमा बञ्चरोको पासोले प्रहार गरेका थिए । त्यसपछि रमामाया गम्भीर घाइते भई उपचारका लागि चुरे हिल अस्पताल मकवानपुरमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा माघ १० गते बाटैमा मृत्यु भएको थियो ।

फरार रहेका शेरबहादुरलाई काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–४ भण्डारी गाउँस्थित जङ्गल छेउ बाटोमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । शेरबहादुरलाई सिन्धुली जिल्ला अदालतबाट दिन १० को म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

  मनाङ ।  विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा

पूर्वी चितवनमा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने