सम्पत्तिको लोभमा नेपाली नागरिकता लिने दुई भारतीयको नागरिकता खारेज हुने



कपिलवस्तु । दुई भारतीयले सम्पत्तिका लोभमा परी नेपाली नागरिकता बनाएका छन् । भारतको शोहरतगढ जिल्ला ढेवरुवा तहसिल महादेव बुजुर्गग्राम मानपुर बस्ने बालजी र उनकी श्रीमती इन्द्रवतीले कपिलवस्तुको साविक महाराजगञ्ज गाविस हाल महाराजगञ्ज नगरपालिका– १ बाट नेपाली नागरिकता लिएका हुन् ।

बालजीले नेपाली नागरिकतामा राजु यादव नाम कायम गरी नागरिकता लिएको खुलेको छ । उनीहरुले जिल्ला प्रशासन कार्यालयबाट २०७० भदौ ४ गते नेपाली नागरिकता लिएका थिए । उनले महाराजगञ्ज– १ औरहवाका गोबरे अहिरलाई आफ्नो बाबु बनाई वंशजको नागरिकता लिएको रहस्य खुलेको छ ।

बालजीको भारतीय पिताको नाम भिखी यादव रहेको छ । भारतको मतदाता सूचीमा ती दम्पतीको नाम रहेको जनाइएको छ । उनकी श्रीमतीको नाम भने दुवैतिर एउटै छ ।

कपिलवस्तुका प्रजिअ दीर्घनारायण पौडेलले कुनै पनि भारतीयले नेपाली नागरिकता लिनु गलत भएको बताउँदै प्रमाण फेला पर्यो भने तत्काल खारेज हुने स्पष्ट पारे ।

नागरिकता प्रमाणपत्र वितरण कार्य सञ्चालन निर्देशिका, २०७० अनुसार नागरिता ऐनको दफा २१ को उपदफा (१) बमोजिम झुटो विवरण दिई विदेशीले नागरिकता लिएमा एकदेखि पाँच वर्षसम्म कैद वा पचास हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूकम्पपीडितलाई अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु

जाजरकोट । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम

सहस्राब्दी पदमार्गमा विदेशी पदयात्री बढ्दै

  गण्डकी । तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको नेपालकै एकमात्र

बाँके र कैलालीमा गरी बसको ठक्करबाट दुईजना पैदल यात्रीको मृत्यु

बाँके । बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ

यी हुन् चितवन राष्ट्रिय निकुञ्जभित्र दुई वटा गैंडा मारेको अभियोगमा पक्राउ परेका आठ आरोपी

भरतपुर । दशैतिहारको मौका छोपी चितवन राष्ट्रिय निकुञ्जमा खाल्डो खनी दुईवटा गैँडा मार्ने